Wednesday 21 March 2018

"फिस्टालाई मार्नु क्याटीस नै काफी छ, बोफोर्स तोपको आवश्यक्ता पर्दैन I " Neeraj Zimba.

Laxmi Joshi replies back to Manoj Bagoti.

"हुनु त मनोज वोगटीले जत्ति नै आफैलाई सर्काएर मपाई हुन खोजेपनि दार्जिलिंगको राजनीतिमा Non-entity नै हो यो मान्छे।कैले माननीय इन्द्र बहादुर राई सरको लिला लेखनलाई झट्टारो हान्दै कैले आर बि राई सरको इमान्दारितामा प्रश्न गर्दै चर्चामा बसिरहनु रूचाऊने मनोज फेरी जिम्बा सरलाई होंच्याउने शब्दहरू प्रयोग गरेर आफैलाई सुर्खीमा राख्न व्यस्त देखिन्छ। आन्दोलनलाई माझमै छाडेर भाग्ने नेता र आन्दोलनमा गोडा टेकेर GTA2को चौकीमा विराजमान भएको नेताहरूका विरोधमा लेख्नु भन्दा लु गोर्खाल्याणडको निम्ति म आमरण भोक हडतालमा बस्छु भनेर आफ्नो नाम दर्ता गर्ने जिम्बा सरको खोइरो खनेको देख्दा उनको पत्रकारिता एक पक्षीय मात्र नभएर उनी अप्रशिक्षित पत्रकार भएको स्पष्ट झल्किन्छ। हुन पनि कक्षा दशौसम्म मात्र शैक्षिक योग्यता भएको व्यक्तिले पत्रकारिताको परीक्षा त परै जावोस तर भारतको कुनै पनि पत्रकार बनाउँने शैक्षिक संस्थानमा कसरी भर्ना पाउँछ र तरै पनि आलु खाएर पेंडाको धाँक देखाऊने मनोजले पत्रकारिताको कुरा गर्दा अन्धाको देशमा खोंडे तन्नेरी भाको भन्दा कम छैन। बंगाललाई चिट्ठी लेख्न भन्दा अघि गोजेले बन्द खेलाऊन MLA हरू कोलकोत्ता पठाको कुरा स्वघोषित वरिष्ठ पत्रकारलाई थाह त हुनुपर्ने नै हो। उनीहरू आपसमै लडेर आन्दोलनलाई दिशाहिन् बनाऊनेको विरोधमा लेख्नु पर्दा तपाईको कलमको मसी अनायस् किन सकिन्छ?आफ्नै सालोले जाप त्यागेर GTA2लाई सघाऊने साथ तपाईको कलम केवल गरामुमो कै विरोधमा मात्र चल्नुपर्ने हो? तपाईको परिवारीक वाध्यतासंग अलि-अलि जानेको पत्रकारिता बन्दक राख्नुभाको छैन भने बंगालको पाइताला चाटने तपाईकै परिवारको सदस्यलाई सम्झाएको उत्तम्। सिकौरे पत्रकारले पहिला पत्रकारिता सिक्नु। राजनीतिमा हात हाल्दा एम जे अकबर जस्तो प्रशिक्षीत् पत्रकार पनि गतिलै पराजय भएको विदितै होला तपाईलाई। हामीलाई तपाईले राजनीति सिकाऊनु पर्दैन। यस्तो गर्नाले मुसाले गणेशजीलाई मन्त्र सिकाको जस्तो मात्र हुन्छ। दुइ शब्द अंग्रेज़ी लेख्नु पर्दा दुइटै गल्ती गर्ने तपाईले निरज सरलाई सानो सम्झेर माफी देको भन्दा रामजीलाई रावणले धनु विद्या सिकाको जस्तो पो लाग्यो। गोर्खाल्याण्ड प्राप्तिको लागि हामीले के गर्दैछौं त्यो तपाई जस्तो टेंडे आँखाले नदेखेपनि सबै रणनीति बताएर डाकुहरूलाई व्यांकको ठेगाना किन दिनु? हरियो झण्डाको बडदो जनाधारले पिरोल्नेहरूलाई 2019मा चित् पार्ने नै छौं। हामी तटस्थ बस्दा पनि हामीमा नआऊनेहरूलाई खिरै पस्किन्दा पनि सिद्रासंग खानुखोज्छ भने सुकुटी पनि दिने नै छौं। आन्दोलनको समयमा आन्दोलनकारीहरू भकाभक पकडा परेका कठिन समयमा जब समस्त वकीलहरू आन्दोलनकारीलाई छुटाऊन डराइरहेका थिए त्यस्तो विकट परिस्थितिमा पनि आफूले गोर्खाल्याण्ड आन्दोलनमा पकडा परेकाहरूलाई बिना पैसा केस लडिदिन्छु भनेर एउटा फोरम खोल्ने गोर्खाल्याण्डको इमान्दार योद्घा कविवर टेकध्वज जिम्बा 'आशा'का एउटै सुपुत्र निरज जिम्बा सरलाई निराधार आरोप लगाऊने मनोजज्यु वास्तवमै निष्पक्ष पत्रकार नभएर पक्षपाती पत्रुकार भएको उनको अचाँहिदो लान्छनाहरूले पुष्टि गर्दछ।
अरू चै घुरेनको आफू चै बगैचाको सम्झने तपाईलाई केही प्रश्नहरू :-
1) कालेबुंग जिल्ला गठन हुनै लाग्दा सोझो लेप्चाहरूले बनाएको स्टेजमा तपाईले कसरी नयाँ जिल्ला सम्बन्धी कार्यक्रम गर्ने सुअवसर पाऊनु भयो? लाखौं रूपियाँ खर्च गरेर बनाएको स्टेज लेप्चा समुदायले प्रयोग गरिसकेपछि पनि अर्को दिन नभत्काएर तपाईलाई सरकारले होस्ट भएर कार्यक्रम गर्न कसरी दिइयो? यसले त यै प्रमाण हुन्छ कि यतिको बंगाल विरूद्ध हुंकार देखाऊने मान्छे त अन्त आफै बंगाल सरकारसंग मिलेको रैछ त त्यत्तिबेला। ताक परे तिवारी नत्र वोगटी ? के हो यो? 
2) हर्क सरले नै मात्र जिल्ला गठन गर्न सक्छ भन्दै तर्क राख्ने तपाई अचानक वहाँसंगै विमुख हुन अघि तपाईले कसको बुलावटमा के थापेर अचानक वहाँको साथ छोडनुभयो? जनता जान्न चाहन्छ। हर्क सरले कालेबुंग जिल्ला ल्याऊन सक्छ भन्ने मान्छेले राजनीति हामीलाई सिकाऊनु खोज्नु भनेको हनुमानले होइन सुमेरू पर्वत चै वोगटीले नै बोक्नसक्छु भनेको जस्तो मात्र हो। तपाई कविता राम्रो लेख्नुहुन्छ। त्यस क्षेत्रमा तपाईको स्कोप छ। राम्रोलाई राम्रो भन्न पनि जान्दछौं। तपाई जस्तो अंहकारी र बुद्धिभ्रष्ट छैनौ।
3) नेपाल भूकम्प पिडीतको सहयोगार्थ तपाईले एउटा सांगीतिक कार्यक्रमको आयोजना गरेर लाखौं रूपियाँ उठाएर त्यो रूपियाँ नेपालमा कसलाई लगेर दिनुभयो? अहिलेसम्म त त्यसको हिसाब तपाईले सार्वजनिक गर्नुभाको छैन। यस हिसाबको प्रमाण सहित जनता जान्न चाहन्छ नत्र कुनै सरकारी जागिर बिना केवल कक्षा दशसम्म पढेको व्यक्तिले अहिलेको महंगो समयमा डुवर्सबाट आएर यत्ति चाँडै जमीन किनेर घर बनाकोमा संखा गर्ने प्रयाप्त ठाउँहरू छ। अरूको घर भत्काउँछु भन्नेहरूलेै आफू पनि परालको घरमा बस्नु भएन। एकै माचिसको सिन्काले खरानी हुनसक्छ ।हामीलाई आगो लगाउँदा आफ्नैै हात जोगाएर लगाऊनु नत्र तपाईको हात मात्र जल्दैन सबै खरानी बनाऊने अरू तथ्यहरू पनि छ हामीसंग।तपाईले शत्रु सम्झेपनि तपाई एउटा स्रष्टा भाको नातामा हामी इज्जत गर्छौं। इज्जतमै बस्नुहोस् ।"

No comments:

Post a Comment

Penned In Pain....

It is with little hesitation I am writing this piece entitled, “Penned in Pain.” It is an easy task to fill pages of paper with essays, ...