A personal thoughts expressed:-
गोर्खाल्याण्डको समर्थनमा धेरै बंगाली महानुभवहरू पनि छन् जसले हामी धेरैले भन्दा बेसी यस मागको यथार्थलाई बुझेका छन्। Evolutionमा हामी बंगाली समुदाय भन्दा धेरै पछि परेका जाति हौं। हामीसंग पौठेजोरी खेल्नु उनीहरूलाई शोभा दिंदैन भन्ने कुरा बुझ्नुपर्छ अनि उनीहरूलाई बुझाउनु पनि पर्छ। रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, रवीन्द्रनाथ ठाकुर, जगदीश चन्द्र बोस, सुभास चन्द्र बोस, मेघनाथ शाह, अमर्त्य सेन, सत्यजीत रेका धेरैजसो हामीलाई अनि बंगाली समुदायलाई पनि गोर्खाल्याण्डको माग बंगाल अनि बंगाली विरोधी भन्ने भ्रान्ति रहेको छ अथवा यसलाई जानी-जानी बंगाली समुदाय बिरोधी मागको दोष लगाइन्दैछ। तर हामीले भुल्नु हुँदैन कि (हामीले) ठगिएको, पछाडिएको महसुस गर्नु भनेको ती महापुरूषहरूसंगसंगै सम्पूर्ण बंगाली जातिको नै अपमान हुनु होइन र ? भाषिक अतिक्रमण, जात-जातको विभाजन जस्ता केवल राजनैतिक सत्ताको निम्ति लिइएका निर्णयहरूले बंगाल जस्तो ठाउँमा पनि प्रबुद्धवर्गभन्दा राजनैतिक सत्ताको स्वार्थीहरूको नै पल्ला भारी भएको स्पष्ट भएको छ। यस्ता संकुचित निर्णयहरूले बंगालको गौरवपूर्ण इतिहास कलंकित भएको छ।भारतवर्षमा भर्खरै गठन भएका अन्य राज्यहरूको भन्दा भिन्दै पृष्ठभूमि छ हाम्रो अनि बंगालको। दिल्लीको मनसाय बुझिसकेर पनि घरि-घरि "दिल्लीमुखी आन्दोलन" भनेर रट् लगाइरहनु अब मूर्खता सिवाय केही होइन। जसले जेसुकै भनोस तर बंगालसंग डराउँछ दिल्ली। मैले यहाँ तर ममता व्यानर्जीसंग डराउँछ भन्न खोजेको चै होइन। ममता व्यानर्जी त बंगालको राजनीतिमा आएको एउटा सानो घटना मात्र हो। त्यसैले अबको हाम्रो आन्दोलन दिल्लीमुखी संग संगै कलकत्तामुखी हुनुपर्छ। "तपाईहरूका सहयोगले मात्र गोर्खाल्याण्ड सम्भव छ" भन्ने कुरा बुझाउन पर्छ बंगाललाई। "यो ठाउँ बंगालको थिंदै थिएन" वा "हाम्रो भूभाग फर्काइदे" जस्ता नाराहरूले हजार वर्षसम्म पनि गोर्खाल्याण्ड सम्भव छैन। घरि-घरि हामीभित्रै फाटो ल्याउन सफल भईरहेको छ बंगाल। यसमा कुरै छैन। यो त उनीहरूका कला हो। मज्जा त त्यतिबेला आउँछ जब हामीले "गोर्खाल्याण्डको पक्षधर" र "गोर्खाल्याण्ड विरोधी" पन्थीहरूमा दुइ फ्याक पार्न सक्छौ बंगाललाई।
के यस्तो बेग्लै खालको रणनीति बनाउन समयको माग होइन र?
Monday, 12 March 2018
"Gorkhaland Movement from a Different Dimensional Prospective."
Subscribe to:
Post Comments (Atom)
Penned In Pain....
It is with little hesitation I am writing this piece entitled, “Penned in Pain.” It is an easy task to fill pages of paper with essays, ...
-
LEGEND OF LEGENDS. February 16, 2011 at 9:00am Subject… the Gorkhas Claim… . . . .their lost Identity. Mission… ...
-
The Carnival has come to an end and all that remains is emptiness, darkness and stoic silence. THE MASTER CRAFTSMAN OF LETTERS The bl...
-
Mission Immortality......not now again becoming . February 5, 2011 at 8:40pm I invite you To the Universe of this ‘...
No comments:
Post a Comment